तुलसीपुर, ६ जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सवै किसिमको गुटवन्दीलाई त्यागेर चुनावमा होमिनु पर्ने बताउनु भएको छ । मनको मैलो धोइपखाली चुनावी माहोलमा सङलो मनले लागेमा दाङ एमालेको किल्ला हुनेमा कुनै दुविदा नभएको उहाँले बताउनु भयो । ३३ औं नेत्रलाल स्मृति दिवसका अवसरमा दाङको घोराहीमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले स्थानीय तहको पहिलोचरणको चुनावी नतिजाले जनता एमालेको साथमा छन् भन्ने कुरा पुष्टि गरेको बताउदै अब एमालेलाई अघि जानबाट कसैले रोक्न नसक्ने बताउनु भयो ।
‘जनता हाम्रो साथमा छन, उनिहरुको माझमा गएर सम्बन्ध समधुर बनाएर पार्टीले गर्दै आएका काम र खेलेको भूमिकालाई पनि बुझाउनु पर्छ’ नेपालले भन्नुभयो । सवै एकता वद्ध भएर लाग्नु पर्ने वेला भएको भन्दै, युवा, कार्यकर्ता महिला, बौद्धिक व्यत्तित्व, सवैले आआफनो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउनु भयो ।
देशको प्रतिष्ठा र स्वाभिमान एमालेले बचाएको बताउदै राष्ट्रियता, विकास, र सम्वृद्धिको पक्षमा आफनो पार्टीबाह्यक अरु पार्टी नभएको बताउनु भयो । माओवादी केन्द्र र कांग्रेसको सहि विचार, दृष्टिकोण नभएका कारण देशका विभिन्न ठाउँबाट बढार्रीन क्रम शुरु भएको दाबी गर्नु भयो । एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यकर्ता भेलालाई एमाले नेता शंकर पाखरेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, एमालने नेत्री शान्ता चौधरी, एमाले केन्द्रिय सदस्य भागवत विश्वासी, मेटमणी चौंधरी लगाएतले सम्बोधन गरेका थिए ।