शरद रेग्मी
तुलसीपुर जेठ ६ । परम्परा, संस्कृति र राष्ट्रियताको विकासका लागि योग अनिवार्य रहेको तुलसीपुरमा आज शनिवार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले मानव जिवनको संचालन प्रक्रिया संगै स्वस्थ रहनका लागि योग सवैका लागि अनिवार्य रहेको बताएका छन् । पतंजलि योग रोग निवारण केन्द्र पार्टि प्यालेस तुलसीपुर दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले विभिन्न रोगबाट बच्नका लागि पनि योग अनिवार्य रहेको बताएका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वरपरको वातावरण स्वच्छ राख्न तुलसीपुरमा होम यज्ञ संचालन गरेको योग गुरु देवराज आचार्यले जानकारी दिए । कार्यक्रममा पतंजली योग रोग निवारण केन्द्र पार्टि प्यालेसका संस्थापक संयोजक यमुना शाहलाई सम्मान गरिएको थियो । शनिवार विहान योग प्रणाम सत्सगं तथा होम यज्ञ आयोजना गरी जिल्ला भरका योग गुरु सत्संग कर्ताहरु विच परिचय एवं योगलाई कसरी घरघर सम्म पु¥याउने भन्ने वारेमा समेत कार्ययोजना बनाईएको पतंजली योग समिति दाङका अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए ।
यसैविच तुलसीपुरमा नेपालमै पहिलोपटक ७ वर्ष देखि ११ वर्ष सम्मका वालवालिकाहरुलाई उनीहरुको वृहत्तर विकासका लागि योग कक्षा संचालन गरिएको छ । झण्डै ५० जना वालवालिकाहरु लाई प्रत्येक दिन उनीहरुको संस्कार र जिवनशैलीका वारेमा समेत अभ्यास गराईदै आएको छ ।
स्वास्थ्यका लागि योग
प्रकाशित मिति : २०७४ जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया