ओपेन्द्र बस्नेत
तुलसीपुर, ५ जेठ / मेयरको टिकटका लागि नेपालीकांग्रेस दाङका सभापति देखि पूर्व सांसद काठमान्डौमा थपक्कै बसेर भेटघाटमा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकामा नेपालीकांग्रेसबाट मेयरको आकांक्षी एक जना बाह्यक सवै काठमान्डौमा नेताको घरघरमा पुगेर आफनो पक्षमा वकालत गरिरहेका छन् । आजमात्रै दिपक गिरी नजिकका मानिने शंकर गिरीले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र सशांक कोइरालालाई भेटेको बताएका छन् । केहि समय अघि सम्म काठमान्डौमै नेताहरुसंग बसेर दाङ फर्किएका गिरी एक दुईवटा कार्यक्रममा सहभागि भएर पुनः हिजो काठमान्डौमा पुगेका हुन् ।
‘दाङका अन्य साथीहरु पनि काठमान्डौमा आएको सुनेको छु, तर भेट हुँदैन’ गिरीले भने । आन्तरीक प्रतिस्पर्धा भएपनि अहिले सम्म आफनो नाम एक नम्बरमा रहेको गिरीले टेलिफोनमा दाबी गरे । अर्का मेयरका आकांक्षी तथा पूर्व कांग्रेस दाङका सभापति घनश्याम रेग्मीले पनि आफनो विकल्प नभएको बताए । ‘पार्टीले एउटा निर्णय लिन्छ त्यो भनेको महँु टेलिफोनमा कुरा गर्दै रेग्मीले भने अरु मैले सोचेकै छैन् ।’
खुमबहादुर नजिकका मानिने घनश्याम रेग्मी, महासमिति सदस्य तेजबहादुर बस्नेत झण्डै एक महिना देखिनै काठमान्डौमा थपक्कै बसेका छन् भने पूर्व सांसद गेहन्द्र गिरी र नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का पनि काठमानडौमा एकचरण बसेर पुनः काठमान्डौ पुगेका छन् । कांग्रेस स्रोतका अनुसार खुमबहादुर नजिकका मानिने मेयरका आकांक्षीहरु अलि निराश भएको बुझीएको छ ।
यद्यपी जिल्लामा खुमबहादुर प्यालको बच्र्चस्व भएकाले पनि कताकता आशाको त्यान्द्रो पनि पलाएको एकथरिक नेताको अनुमान छ । सांसद डिल्ली बहादुर चौधरी नजिकका मानिने क्षेत्रीय सभापति जगत खड्का भने तुलसीपुरमै छन् ।‘सवै काठमान्डौमा गएका छन् भन्ने सुन्दा आफुलाई जान मन लागेपनि काठमान्डौका पशुपति नाथलाई पुकारेर बसेको छु सभापति खड्काले भने । ’
को को छन् मेयरका आकांक्षी ?
शंकर गिरी,
गेहेन्द्र गिरी,
तेजबहादुर बस्नेत,
घनश्याम रेग्मी,
कृतिबहादुर खड्का,
जगतबहादुर खड्का