स्थानीय चुनावमा अपेक्षित परिणाम नआएको कांग्रेसको निष्कर्ष

काठमान्डौं, ४ जेठ / नेपालीकांग्रेसले पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ। आज विहिबार नेपाली कांग्रेस पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुको चुनावको समिक्षात्मकबैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकपछिपत्रकारहरुलाई जनकारी गराउदैकेन्द्रीय सदस्य महेश आचार्यले उक्तकुरा बताउनुभएको हो। उहाँले भन्नुभयोअहिले मिश्रित चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन । यद्यपि, अन्तिम परिणाम आउन बाँकी छ ।
बैठकमा ‘अहिलेको परिणामको समीक्षा भएकोर आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुनेनिर्णय भएको नेता आचार्यले बताउनुभयो ।’
आचार्यले भन्नुभयोू अब संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भयोू । पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया