प्यारालाईसिस विरामीलाई खाद्यन्न तथा नगद सहयोग

  जेठ १८, २०७७

तुलसीपुर १८ जेठ ।

Advertisement

प्यारालाइसिस एक बिरामीलाई नगद तथा खाद्यन्न सहयोग गरिएको छ । तुलसीपुर ९ बेलुवा निवासी ६४ बर्षिया कौशिला नेपालीलाई आईतवार नगद तथा खाद्यन्न सहयोग गरिएको छ । कलाकारिता मन्च नेपाल दाङको समन्वय तथा तुलसीपुर १ भमके निवासी हरि प्रसाद पाण्डेको सहयोगमा चालम, नुन, तेल र दाल सहयोग गरिएको मन्चका अध्यक्ष खिम बहादुर विकले जानकारी दिएका छन् । सोहि अवसरमा मन्चकी सचिव तथा लोकदोहोरी गायिका टिका सानुले व्यक्तिगत रुपमा दुई हजार रुपैया नगद सहयोग गरेकी छिन् ।

Advertisement

ती विरामीले दैनिक औषधी सेवन गर्दा मासिक दुई हजार खर्च हुदा आर्थिकको समस्या भएको कुरा पिडितबाट सुनेर प्रभावित भएकाले एक महिनाको औषधी किन्ने पैसा सहयोग गरेको उनले बताएकी छिन् । साथै उनले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताएकी छिन् । यस्तै सहयोगदाता हरिप्रसाद पाण्डेले सहयोग नै मानविय धर्म भएकाले आफुले सक्दो सहयोग गरेको बताएका छन् ।

Advertisement

लकडाउनको समयमा कोहि पनि भोकै बस्न नपरोस् भनेर सहयोग गरेको उनको भनाई छ । प्रेसरले गर्दा प्यारालाईसिस भएपछि विगत पाँच बर्ष देखी हिड्डुल गर्न नसक्ने गरी विस्तारामै थलिएकी कौशिलालाई उनका श्रीमान खड्ग बहादुर नेपालीले साहारा दिदै आएका छन् । आफुहरुको आथिर्क अवस्था पनि कमजोर भएकाले सक्दो सहयोग गरिदिन खड्ग बहादुरले सवैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस