राप्ती मालबाहक प्रालिले चालक र कर्मचारीको कोरोना बिमा बनाईदिने

तुलसीपुर, १५ जेठ ।

राप्ती मालबाहक यातायात सेवा प्रालि तुलसीपुर दाङले चालक र कर्मचारीको कोरोना बिमा बनाईदिने भएको छ । प्रालिका अध्यक्ष भुवन भुसालको अध्यक्षतामा विहिवार बसेको बैठकले विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमलाई मधयेनजर गदै प्रालि अन्र्तगत मालबाहक गाडीका चालक र कर्मचारीको कोरोना जिवन बिमा बनाईदिने निर्णय गरेको हो ।

साथै प्रालिले चालकहरुलाई स्वास्थ्य सुरक्षाका लागी मास्क, स्यानिटाईजर र ग्लोब्स वितरण गर्ने, चालक र सहचालकको आर्थिक अवस्थाको अध्ययन गरी लकडाउनको अवधीमा समस्यामा परेका यातायात मजदुरलाई राहत वितरण गर्ने , सवारी पासको व्यवस्था गर्नुको साथै चालकहरुलाई परिचय पत्रको व्यवस्था गर्ने निर्णय गरेको दुर्घटना तथा जोखिम ब्यबस्थापन समितिका सँयोजक लालबहादुर के सीले जानकारी दिएका छन् ।

साथै बैठकले कर्मचारीको एक महिनाको तलव बराबर कोरोना भाईरस सुरक्षा प्रचारका लागी खर्च गर्ने निर्णय गरेको छ । बैठकले तुलसीपुर उपमहानगरपालिकामा स्थापना गरिएको मेयर विपद व्यवस्थापन राहत कोषमा सहयोग गरेको २५ हजार ५ सय ५० रुपैया अनुमोदन गरेको संयोजक केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया