तुलसीपुर,३ जेठ ।
नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा उनीहरुको योगदानको स्मरण गर्दै आज देशभर नेकपा एमाले सम्बद्ध सङ्घ–सङ्गठनले विविध कार्यक्रम आयोजना गर्दैछन् । २०४७ सालको संविधान नेपाली काँग्रसले इतिहासमै राम्रो छ, कमा र पूर्णविराम पनि फेर्नु पर्दैन भनेको थियो तर तत्कालीन पार्टीका महासचिव भण्डारीले उक्त संविधान अपुरो र जनताको पक्षमा नभएको भन्दै आलोचनाका २७ बुँदा राखेका थिए ।
वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिबित रहे भने नेताद्धयको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दाढुङ्गामा परि दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो । उक्त घटना कसले ग¥यो भन्ने बारेमा अहिलेसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन ।
यसैविच एमाले दाङले जिल्ला भरी विविध कार्यक्रम गरी दिवश मनाउदै छ । जिल्लाका सवै स्थानीय तहमा एमाले सघँ सँगठनहरुले विभिन्न कार्यक्रम गरी दिवश मनाउन लागेको जिल्ला अध्यक्ष टिकाराम खड्काले बताउनुभएको छ ।
यस्तै दिवशको अवसरमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरीएको छ । स्व.श्रीमणि आचार्यको निवास हस्नापुरमा हुने कार्यक्रममा सम्पर्क कार्यालयको समेत उद्घाटन गरीने हरी प्रसाद वलीले जानकारी दिनुभएको छ ।