सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित

मिना बुढाथोकी,सल्यान २ जेठ ।
सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका वडा न.ं ४ को मतगणना पारदर्शी नभएको भन्दै नेकपा एमाले मतगणना स्थल बाट बाहिरीएको थियो । एमाले मतगणना स्थल बाट बाहिरीए सँगै नगरपालिकाको मतगणना स्थगित भएको छ ।
नेकपा एमालेले शारदा नगरपालिका ४ को मतगणना गर्नेक्रममा अनियमितता भएको भन्दै निर्बाचन अधिकृत माधबेन्द्र राज रेग्मीलाई लिखित उजुरी दिएको छ । नेकपा एमाले सल्यानका सचिब रमेश कुमार गौतमका अनुसार शारदा नगरपालिका ४ मा नेकपा एमालेले १ सय ८७ मत ल्इाएकोमा मतगणना १ सय ४७ मा काउन्ट गरेको देखियो ।
उहाले भन्नु भयो पहिलो चरणको काउण्ट सकियो दोस्रो चरणको काउण्ट गरेर दुबै जोड्दा ४० मत गायब भएको मतगणनास्थलमा बसेका एजेन्ट बाट थाहा पाएपछि एमाले बाहिरिएको हो । मतगणनाको विषयलाई निष्पक्ष र पारदर्शी बनाउनु पर्ने भन्दै एमालेले मुख्य निर्वाचन कार्यालयमा निवेदन दिएपछि अहिले सर्वपक्षिय बैठक बसी रहेको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया