तुलसीपुर, २ जेठ
साउदीको रियादमा एक नेपाली लुटिएका छन् । चार जनाको समुहमा आएका लुटेराको समूहले मंगलबार सल्यानको कपुरकोट गाउँपालिका दबाङ निबासी रामबहादुर बस्नेतलाई मरासन्न हुने गरि कुटपिट गरेर ७ हजार रियाल र मोबाईल सेट लुटेर लगेको पिडितले जानकारी दिएका छन् । साउदी प्रहरीलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको बस्नेतले गुनासो गरे । घरआउने तयारीमा रहेका बस्नेतको पैसा लुटिएपछि अब कसरी आउने भन्ने चिन्ताले सताएको उनले बताए । विदेशमा भएकै समयमा परपुरुष संग लागेकि श्रीमतिले आफु संग सल्यान जिल्ला अदालतबाट ८ महिना अघि सम्बन्ध विच्छेद समेत गरेको उनले बताए । वुवाआमा, श्रीमति र एउटा छोरालाई धनपैसा कमाएर सुखशयलमा राख्ने सोच बोकेर विदेश गएका उनले श्रीमति सम्बन्ध विद्धछेद गरेर पोइल जानु र आफु विदेशमा लुटिएपछि जिवनमा सबै भन्दा बढि दुःखी भएको बताए ।
प्रकाशित मिति : २०७४ जेष्ठ २ गते मङ्गलवार