मिना बुढाथोकी
बैशाख २ सल्यान / ढोरचौर गाउँपालिकाको ४ वडा अध्यक्षमा एमाले र कांग्रेसले बराबर मत ल्याएपछि गोलाप्रथा हुँदा कांग्रेस उमेद्वारले जित हात पारेका छन् । कांग्रेसका उमेद्वार दिनेश विएम र एमालेका देवेन्द्र रोका दुवैले ३ सय २१ मत ल्याएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथामा भने कांग्रेसका दिनेश विजयी भएका छन्। उक्त वडामा अन्यसदस्यहरु भने सबै एमाले उम्मेदवारले जितेका छन । उक्त गाउँपालिकाको अध्यक्षमा भने एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन । निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नरविर चलाउनेलाई चित्रबहादुरले ३ सय ८७ मतले पराजित गर्दै जित हात पारेका छन्। उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका छन्। माओवादीका नरविरले भने १ हजार ५ सय ३५ मत प्राप्त गरेका छन । उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहराले जित हात पारेकी छन्। उनले १ हजार ९ सय ४६ मत पाएकी छन्।
।
सल्यानमा कांग्रेसका उमेद्वारलाई गोला पर्यो
प्रकाशित मिति : २०७४ जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया