मिना बुढाथोकी
सल्यान, १ जेठ / सल्यानको सारदा नगरपालिका १ मा नेकाप एमालेको पुरै प्यानल विजयी भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नबराज बुढाथोकीले ४ सय २१ मत ल्याएर उनको पुरै प्यानल बिजयी भएको हो । वडा अध्यक्षमा नवराज बुढाथोकी, महिला सदस्य हिमा शर्मा, दलित महिला सदस्य इन्द्रा कुमारी बिक, खुला सदस्य गणेश बुढाथोकी र शंकर प्रसाद घर्ती सहित सिँगो प्यानल नै बिजयी भएको हो । यस सँगै एमाले सल्यानका नेता तथा कार्यकर्तामा खुसीयाली छाएको छ ।
यसैबिच
नेकपा माओवादी केन्द्रले कपुरकोट गाउंपालिका १ मा वडा अध्यक्ष सहित सबै सदस्य पदमा जीत हात पारे पछि विजयी उत्सव मनाएको छ । वडा अध्यक्ष माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन् । अरु ४ वटै सदस्य पद पनि माओवादी केन्द्रले जीतेको छ । एमालेको तर्फबाट वडा नम्बर १ का अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याएका छन् भने काग्रेशका चन्द्र बहादुर घर्तीले ३२ मत ल्याएका छन् । यस वडामा काग्रेसले माओवादीलाइ समर्थन गरेको जनाइएको छ ।
सल्यानको सारदामा एमाले विजयी
प्रकाशित मिति : २०७४ जेष्ठ १ गते सोमवार
प्रतिक्रिया