तुलसीपु, १ जेठ
असहाय बालबालीकालाई तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजले माध्यामिक तह सम्म निशुल्क पढाउने भएको छ । असहाय बालक विकास नेपाल विजौरीको संरक्षणमा रहेका १३ जना बालबालीकालाई माध्यामिक तह सम्म निशुल्क पढाउने कलेजका संस्थापक अध्यक्ष टीकाबहादुर जिसीले बताए । बाल विकासको कार्यालयमै पत्रकार सम्मेलन गरेर संस्थापक अध्यक्ष जिसीले ४ बर्ष देखि ११ बर्ष सम्मका असहाय १३ जना बालबालीकालाई माध्यामीक तह सम्म पढाउन लाग्ने सम्पुर्ण शुल्क कलेजले वेहोर्ने बताए ।
विजौरी देखि तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजसम्म विद्यार्थीलाई पुरयाउन र छोड्न विद्यालयले स्कुल बसको व्यवस्था समेत गरेको छ ।बाल विकासमा रुकुमका ९ , रोल्पाका २ र दाका २ सहित ५ जना बालीका र ८ जना बालकहरु छन् । झोला, कापीकलम र पोशाको व्यवस्था भने बाल विकासले गर्ने भएको छ । असहाय बाल विकासका अध्यक्ष विष्णु चौधरीले अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण कलेजका संचार संयोजक वसन्त विवस आचार्यले गरेका थिए ।