प्रद्युम्न उपाध्याय,सल्यान १ जेठ ।
सल्यानका पाँच स्थानीय तहको मत गणना भईंरहेको छ । जसमा ३ ठाउँमा माओवादी, एक ठाउँमा काँग्रेस र एक ठाउमा एमालेले अग्रता लिएका छन् । जसमा शारदा नगरपालिकामा काँग्रेसका मेयरका उम्मेदवार सुरेश अधिकारी ४१, उपमेयर सावित्रा बस्नेत ४३, एमालेका राम खड्की २३, सरिता हमाल २३, माओवादीका प्रमोद श्रेष्ठ १४, झरणा बुढाथोकी ११ र राप्रपाका मनोज प्रधानले १० मत प्राप्त गर्नु भएको छ ।
यस्तै दार्मा गाउँपालिकामा काँग्रेसका रामचन्द्र केसीले ९८ र एमालेका उपाध्यक्षमा ६३ मत ल्याउनु भएको छ ।
दार्मामा काँग्रेस एमाले समिकरण भएको थियो । माओवादीका निम बहादुर केसीले २०२ र टिका वलीले समान २०२ मत ल्याउनु भएको छ । त्रिवेणी गाउँपालिकामा काँग्रेसका मान ब डाँगीले ३६ उपाध्यक्ष करुणा खड्का ४२, एमालेका लोकेन्द सिहं खड्का ५८, पवित्रा केसीले ५२, माओवादी अध्यक्ष अजय रोका ३३, उपाध्यक्ष लिलावति बुढा ३४ मत ल्याउनु भएको छ ।
कपुरकोट गाउँपालिकामा काँग्रेसका दुर्गा गिरी १६, उपाध्यक्षमा ओकी बोहरा १४, भिम ब सेन १८० उपाध्यक्ष तिला बुढा १७९, माओवादीका प्रकाश भरारी १८४ उपाध्यक्षमा एलिना राना १९४ मत आएको छ ।