कम्युनष्टि पार्टीद्धारा रुकुममा उम्मेदवारको घर सहित दर्जनबढी स्थानमा बम विष्फोट, प्रहरी भन्छ : थाहा छैन

तुलसीपुर ३१ बैशाख / विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टीले माओवादी केन्द्रका उम्मेदवारको घरमा बम विष्फोट गराएको जनाएको छ । मुसीकोट नगरपालिका १ का अध्यक्ष पदका उम्मेदवार जंगबहादुर गिरीको घरमा विहान नौ बजे बम विष्फोट बनाएको नेपाल कम्युनष्टि पार्टी रुकुमका जिल्ला सदस्य नरेद्र विकले जानकारी दिए । बम विष्फोटबाट घरमा क्षेतिपुगेपनि त्यसको एकिन विवरण भने आइसेको छैन् ।

त्यसैगरी पार्टीले त्रिवेणी गाउँपालिका १ रुघामा पनि बम विष्पोट बनाएको सो पार्टीले जनाएको छ । एकीकृत जनजागरण तथा प्रतिरोध कार्यक्रम अन्र्गत एक दर्जन बढी स्थानमा बमविष्पोट गराएको सदस्य विकले बताए । त्यसैगरी सानोभेरी गाउँपालिकाको सिम्रुत र गरायाला लगाएतका १३ स्थानमा बम विष्पोट गराएको सो पार्टीले दाबी गरेको छ । बम बिष्फोट भएपछि मतदाताहरु भागाभाग भएको बताइएको छ ।  त्यसैगरी निर्वाचन कार्यालयका दुई वटा गाडि समेट तोठफोड गरेको बुझिएको छ । यता जिल्ला प्रहरी कार्यालय रुकुमले भने घटनाका विषयमा बुझने प्रयास भइरहेको र आधाकारीक जानकारी कतैबाट नआएको बताएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख ३१ गते आइतवार
प्रतिक्रिया