मतगणना आजै हुन्छ : निर्वाचन आयोग

तुलसीपुर, ३१ बैशाख
स्थानीय तहको मतदान सकिए लगतै मतगणना गरिने भएको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगेर मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । पहिलोचरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि ३४ जिल्लामा मतदान भईरहेको छ ।  आजैरातिदेखि  गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सुर्यप्रसाद शर्माले बताए । निर्वाचन अयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : २०७४ बैशाख ३१ गते आइतवार
प्रतिक्रिया