काभ्रेको नमोबुद्धमा गोली प्रहारबाट एकको मृत्यु

वैशाख ३१,  काभ्रे – निर्वाचनको अघिल्लो रात काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ । हिजो (शनिबार) राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् । नेकपा माओवादी केन्द्र नमोबुद्वका सहइन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् ।प्रहरीले भने कसले गोली चलाएको यकिन नभएको र अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख ३१ गते आइतवार
प्रतिक्रिया