तुलसीपुर,३१ बैशाख ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ११ को भेला मोतिपुर मा सम्पन्न भएको छ । भेलामा माओबादी र काग्रेस पार्टि बाट हुकुम बस्नेत,जानका बस्नेत, तिलक राम ओलि,वसन्त बस्नेत लगायत एमालेमा प्रवेश गरेको जनाईएको छ । एमालेको विचार र निति बाट प्रभावित भई एमालेमा प्रबेश गरेको उनिहरुले बताएका छन ।
करमदास चौधरीको अध्यक्षतामा भएको भेलामा वडा अध्यक्षका उम्मेद्धार भागिराम चौधरी ,सदस्यका उम्मेद्धारहरु लोकजँङ शाह,तिलक राम थारु,गायत्रा डाँगी र कमला नेपाली , हुकुम बस्नेत, जनकु चौधरी लगायतले बोल्नु भएको थियो ।
यस्तै वडा कमिटिको बैठक पनि सम्पन्न भएको छ । बैठकले जेष्ठ ३ गते चुनाबी सम्पर्क कार्यालयको उद्घाटन गर्ने निर्ण गरेकोे छ । कार्यालय स्व.श्रीमणि आचार्यको घरमा खोल्ने निर्णय गरीएको छ । यस्तै जेष्ठ ८ गते देखि उम्मेद्धवारहरु लाई घरदैलो गराउने निर्णय समेत गरेको छ । बैठक एमाले नेता शोभाराम बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।