सल्यान र रुकुममा मतदान सुरु , भोट हाल्न ६ बजेदेखि लाईनमा 

ओपेन्द्र बस्नेत

तुलसीपुर, ३१ बैशाख / सल्यान र रुकुममा स्थानीय जनप्रतिनीधि छान्न मतदान सुरु भएको छ । मतदान तोकेकै समय विहान ७ बजेदेखि सुरु भएको हो । झण्डै १९ बर्षपछि हुन लागेको निर्वाचनलाई जनताले ऐतिहासीक अवसरका रुपमा लिएको कालमाटी गाउँपालिकाका निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । निर्वाचन अधिकृत केसीका अनुसार  यो समाचार तयार पार्दा सम्म  जिल्लामा  प्रत्यक मतदान केन्द्रमा दुई सयब बढी मत खसीसकेको छ ।

  सल्यान
स्थानीय तह     मतदानकेन्द             मतदाता संख्या
    १०                     १७५                          १२५२२६ 

    रुकुम
 स्थानीय तह       मतदानकेन्द           मतदाता संख्या
       ९                        १०७                        ७८०००

 

नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्मपन्न वनाएपछि चुनाव हुन लागेको हो । २०५४ चुनाव भएयता स्थानीय तह जनप्रतिनीधिविहिन छ । पहिलोचरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि मतदान सुरु भएको छ । प्रदेश नम्बर ६ अन्तर्गत सल्यान र रुकुममा स्थानीय तहका लागि मतदान सुरु भएको हो ।

जिल्लाका निर्वाचन कार्यालयका अनुसार सल्यानमा एक सय ११ मतदानस्थल र एक सय ७५ मतदान केन्द्रमा एक लाख २५ हजार दुई सय २६ मतदाताहरुले चुनावमा भागलिदै छन् । त्यसैगरी रुकुममा ७३ मतदान स्थल र एक सय सात मतदान केन्द्रमा ७८ हजार मतदाताले भागलिदै छन् ।
दश स्थानीय तह रहेको सल्यानमा १० प्रमुख १० उपप्रमुख, ८३ वडा अध्यक्ष, ३ सय ३१ सदस्यका लागि एक हजार चार ६५ जना उम्मेदवारविच प्रतिस्पर्धा हुदैछ ।
९ स्थानीय तह रहेको रुकुममा एक हजार एक सय २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २०७४ बैशाख ३१ गते आइतवार
प्रतिक्रिया