तुलसीपुर, २८ बैशाख
तुलसी हस्पिटल तुलसीपुरले निशुल्क उपचार गरिएका नवजात शिशुलाई आफन्तको जिम्मा लगाएको छ । गत बैशाख १८ गते राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रसुतिसेवा लिन आएकी तुलसीपुर उपमहानगर पालिका ११ जसपुर निबासी ३४ बर्षिया कमला बर्मलेको अत्याधिक रक्तश्रावका कारण मृत्यु भए पछि नबजात शिशुको उपचार तुलसी हस्पिटलले निशुल्क गरिदिएको थियो ।
बच्चाको उपचारका लागि आइसीयु र औषधिमा लागेको ८० हजार रुपैयाँ खर्च अस्पताले बेहोर्ने डाक्टर कीशोर खत्रीले जानकारी दिए । ‘बच्चा जन्मीने वित्तिकै रुनुपर्छ तर बच्च रोएन, रुनु भनेको स्वास लिनु हो, डाक्टर खत्रीले भने निलो भएको बच्चालाई अस्पतालमा ल्याएपछि उपचार सुरु गरयौं ।’ आइसीयुमा राखेर कृतिम स्वासप्रस्वास दिएपछि दुई दिन पछि बच्चा होसमा आएको डाक्टर खत्रीले बताए । शिशुको तौल सवा तिन किलो भएको र स्वास्थ्य अवस्था पनि राम्रो भएको अस्पतालले बताएको छ ।
शिशु पुनः बिमारी भएमा अस्पताले निशुल्क उपचार गरिदिने बताएको छ । अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरेर अस्पताल संचालक समेत रहेका डाक्टर खत्रीले शिशुका वुवा हर्षबहादुर बर्मलेलाई १३ दिनसम्म उपचार गरेर हस्तान्तरण गरेका हुन् । ‘मैले गर्ने कर्तव्य गरे तपाइले, राम्रो संग हेरचाह र पालनपोषण गर्नुहोला, बिरामी भए ल्याउनुहोला ।’
नवजात शिशु चौथो सन्तान हुन् । यसअघि कमलाले ३ वटी छोरीको जन्म दिइसकेकी थिइन् । शिशुलाई अस्पतालमा छोडेर दुइदिन सम्म अभिभावक सम्पर्क विहिन भएकाले पालनपोषणमा कतै कमि हुन्छकि भन्ने चिन्ता डाक्टर खत्रीलाई लागेको छ । यद्यपी वुवा हर्षबहादुरले श्रीमतिको काजकृया गर्नु पर्ने भएकाले आउन नभ्याएको बताएका छन् । छोरा र छोरीमा कुनै विभेद नगरेको भन्दै उनले राम्रोसंग पालनपोषण गर्ने बताएका छन् । यस अघि पनि गरिबविपन्न परिवारका बालबालीकालाई अस्पताले निशुल्क उपचार गरिदिएको थियो ।