तुलसीपुर, २९ बैशाख
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली एक दिन नेपाल वन्दको घोषणा गरेको छ । स्थानीय तहको निर्वाचान खारेजी तथा शान्तिपुर्ण कार्यक्रममा प्रहरीको दमन, कार्यकर्ता गिरफतार र चरम यातना लगाएतका आरोप लगाउदै एक दिने वन्दको आयोजना गरिएको कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज बलबहादुर वली शितलले जानकारी दिएका छन् । वन्द विहान पाँच बजे देखि बेलुकी पाँच बजे सम्म गरिने छ । वन्दमा प्रेस, यम्बुलेन्स र कुटनीतिक नियोगका सवारी आवागमना रोक नलगाइने बताइएको छ ।
प्रकाशित मिति : २०७४ बैशाख २९ गते शुक्रवार