ओपेन्द्र बस्नेत
तुलसीपुर , २९ बैशाख / पक्की सडकमा उडेको धुलोकाकारण पश्चिम दाङका नागरिकहरुको स्वास्थ्य जोखिममा परेको छ । पवननगर–पुरन्धारा सडक अन्र्गत गहतेखोला देखि शान्तिगर गाउँपालिकाको पातेटाकुरा सम्म गरिएको वटासील (पक्कीसडक)मा सवारीसाधनले उडाएको धुलोका कारण नागरिकहरुको स्वास्थ्य जोखिममा परेको हो ।
चार बर्ष अघि सडकमा गरिएको वटासील (पक्की सडक) लाई मर्मत भन्दै पुनः अलकत्रा राखेर मसीनो बालुवा माथिबाट विछ्याएपछि धुलो उड्न सुरु गरेको हो ।
(पक्की) सडकमा बालुवाको धुलो उडेपछि सडक छेउँछाउँमा बस्दै आएका स्थानीय, पदैलयात्रु र स्वयम गाडिमा यात्रा गर्नेहरुको स्वास्थ्य जोखिममा परेको तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निबासी स्थानीय मंगलबसिङ भण्डारीले गुनासो गर्नु भयो ।
‘दैनिक डेढ दुई सय गाडि सडकमा ओहोरदोहोर गर्छन्, धुलोले सडक छेउँछाउँमा बस्ने हामीलाई मात्रै नभई बाटोमा हिड्ने र गाडिमा चढ्नेलाई समेत असर गरेको हुन्छ, स्थानीय भण्डारीले भने ।’ धुलोबाट बच्नका लागि माक्सले मुख छोपे पनि मसीनो बालुवा आँखामा पर्ने भएकाले झनै हैरानी वेहोर्नु परेको स्थानीयले बताएका छन् । सडकमा अलकत्रा विछ्याएर माथिबाट बालुवा छर्किने कार्यलाई जिल्ला प्राविधिक कार्यालय दाङले स्यान्सील नाम दिएको छ ।
ओटीसील गरिएको सडकलाई थप बलियो बनाउनकालागि गिट्टी निस्कीन र पानी पस्न नदिनका लागि अलकत्रा राखेर माथिबाट बालुवा छर्केको जिल्ला प्राविधिक कार्यालय दाङका इन्जिनियर मुकुन्द थापाले जानकारी दिनुभयो । करिब चार बर्षअघि गहतेखोला देखि खिलतपुर सम्म १८ किलोमिटर दुरीमा गरिएको ओटासीललाई बलियो बनाउन स्यान्सीलन कार्य सुरु गरिको प्राविधिक कार्यालयले जनाएको छ ।
राष्ट्रिय ग्रामीण यतायात सुदृढीकरण कार्यक्रम अन्र्गत स्यान्सील र वटासीलका लागि विश्व बैंकले झण्डै एक करोड बजेट सहयोग गरेको छ । साढे १८ किलोमिटर सडकमा स्यान्सील गर्नका लागि लागि ७० लाख ९५ हजार र साढे ४ किलोमिर सडकमा ओटासील गर्नका लागि २४ लाख २३ हजार बजेट छुट्याएको छ ।
३० असार २०७३ मा निर्माण कार्य पुरा गर्ने गरि दिवा निर्माण सेवा ललितपुरले ३० असार २०७२ मा जिल्ला प्राविधिक कार्यालयसंग सम्झौता गरेको थियो । सम्झौता गरेको समयावधि भित्र काम पुरा नभए पछि निर्माण सेवाले पुनहः ३० चैत्र २०७३ मा म्याद थप गरेको थियो ।
धुलो डेढमहिना पछि उडेर जान्छ
जिल्ला प्राविधिक कार्यालयले धुलो आफै उडेर जाने बताएको छ । साईड इन्चार्ज मुकुन्द थपाले पानीहालेर पखाल्न नमिल्ने भएकाले डेढ महिना पछि आफै उडेर जाने बताउनु भयो । ‘गाडि गुड्दा घर्षन भएर पग्लीएर आएको अलकत्राले कतिपय बालुवा त्यही चिप्कीन्छ, नचिप्कीएको उडेर जाने भएकाले डेढ महिनामा बाटो क्लियर हुन्छ, थापाले भने ।’
गम्भिर असर पु¥याउछ ः चिकित्सक
सडकमा उड्ने धुलोले मानिसको स्वास्थ्यमा गम्भिर खालको असर पु¥याउने चिकित्सकले बताएका छन् । धुलोको असर तत्कालै नदेखिए पनि केहिसमय देखिने बताएका छन् । धुलोले स्वासप्रस्वास, रक्तचाप मुटु र दमका रोगीलाई बढी असर गर्ने चिकित्सक सेवा महाशाखा काठमान्डौका प्रमुख डाक्टर भोलाराम श्रेष्ठले बताउनुभयो ।
‘दाङका सडकमा उड्ने धुलो मैले पनि देखेको छु त्यो भनेको ४० भन्दा माथि नै हो , श्रेष्ठले भने ४० माइक्रो मिलीयन भन्दा बढी धुलो उड्यो भने त्यसले स्वास्थ्यमा निकै समस्या पार्छ ।’