रक्सीको नसामा बाबुको हत्या गर्ने सार्वजनिक

तुलसीपुर , २८ बैशाख

रक्सीको नसामा वृद्ध बाबुको हत्या गरेको आरोपमा पक्राउ परेका छोरालाई जिल्ला प्रहरी कार्यालय दाङले बिहिबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका १० सौंडिकुला बस्ने ४० बर्षका लक्ष्मीप्रसाद गिरीले ७३ बर्षका बाबु रामबहादुर गिरीलाई बञ्चरोप्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको दाका प्रहरीप्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । ‘हिजो दिउसो ११ बजे बञ्चरो र पिर्का प्रहार गरेर हत्या गरेछ , उससलाई पक्राउ गरेर कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाएर थप अनुसन्धान गरिरहेका छौं,‘ प्रहरी प्रमुख सिंहले भने ।’

प्रकाशित मिति : २०७४ बैशाख २८ गते बिहिवार
प्रतिक्रिया