प्रकृति बिनाशले महासंकट निम्त्याउँछ !

५ बैशाख २०७७

विश्वमा तिब्रगतिमा बढ्दै गएको विकासको कारणले प्राकृतिक स्रोतको उच्च दोहन भयो । जसका कारण विभिन्न खालका प्राकृतिक विपत्तीहरु र माहामारीको संक्रमण व्यापक बन्दै गइरहेको छ ।

एकाईशौं शताब्दीमा पनि अहिलेको आधुनिक विज्ञानको कारणले मानविय सेवा र सुविधाहरु उच्चतम रुपमा दिइरहेको छ र थियो । जसको कारण विभिन्न खालका धर्म संकृतिका परमपरागत पद्धति विधि र अभ्यासहरु लोप हुदै गए ।

यसै सन्दर्भमा मानिस प्रकृतिसंग साझेदार समन्वय र सहकार्य गर्दै आएको थियो । जसका कारण मानिसको शरिर र जीवनयापन पनि प्रकृति अनुकूल अभ्यासरत हुदै थियो ।

तर आधुनिकतासंगै आरामदायी जीवन शैली, प्राप्त गर्ने नाममा प्रकृतिलाई विनाश गर्ने काम दिनानु दिन बढ्दै गयो । जसका कारण आज कोरोना भाइरसको संक्रमणले विश्व नै कैदी जिवन विताउन बाध्य भएको छ ।

विशेष गरेर आधुनिक सहरहरु मानव सून्य भएर बसिरहेका छन् । यसको एउटै मात्र परिनाम हो प्राकृतिक स्रोत मध्य वन व्यापक रुपले नष्ट हुदै जानु । गलत अभ्यासको कारणले कोरोना भाइरस जस्तो भयानक माहामारीको सामाना गर्नु परिरहेको छ ।

यसको तुलनामा ग्रामीण क्षेत्रहरु कम प्रभावित भएको देखिन्छ । यो भनेको प्रकृतिसित गाउँका मानिसहरु पूर्ण रुपले अलग भएका छैनन् । जसको कारणले सहरमा बस्ने मानिसहरु भन्दा ग्रामिण क्षेत्रमा बस्ने मानिसको पिडा कम देखिन्छ ।

यो भनेकै ग्रामीण स्तरमा वन हरुको संरक्षण गर्ने, स्थानीय रुपमा पानीका मुहानहरुको संरक्षण गर्ने, र परमपरालाई पूर्ण रुपमा नछोडेको हुनाले नेपालका ग्रामीण समुदायका मानिसहरु प्रभावित भएको देखिदैन् ।

यसैगरी अहिले पनि गाउँमा गोबर र माटोले घर लिप्ने, र माटोसंग रमाउने भएकाले कोरोनाको माहामारीले गाउँलाई त्यति छोएको देखिदैन् ।
विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरुले प्रकृतिलाई एउटा देवाताको रुपमा मान्दै सो अनुकुलका आफना व्यवहारहरु प्रयोग गरिरहेका छन् ।

समग्रमा नेपालीहरु पूर्ण रुपमा प्रकृतिसंग अलग भएका छैनन् । अहिले पनि नेपाली भान्छाहरुमा आर्युवेद खाना पकाउने काम यद्यपी चलिरहेको छ ।
नेपाली भान्छाहरुमा विशेष गरेर बेसार, लसुन, खुर्सानी, अदुवा लगाएतका चिजहरु नेपाली भान्छामा पाक्छ । पकाउने तरिका पनि परमपरावादी र धेरैबेरसम्म पकाउने भएको कारणले मानिसहरुमा कोरोनाको माहामारीले त्यति धेरै छुन नसक्ने आर्युवेद विज्ञहरु बताउछन् ।

विश्वमा आधुनिक चरणमा पुगेको युरोप चीन, इटली, अमेरिका, लगाएतका देशहरुमा प्रकृतिलाई विनश गर्दै भूमिगत रेलमार्गहरु र कृतिम खालका सुविधा सम्पन्न प्रविधिको कारणले सुर्यको किरण नपर्ने भएका कारणले विभिन्न खालका महामारीले संक्रमण गरेको देखिन्छ ।


विश्वमा आधुनिक चरणमा पुगेको युरोप चीन, इटली, अमेरिका, लगाएतका देशहरुमा प्रकृतिलाई विनश गर्दै भूमिगत रेलमार्गहरु र कृतिम खालका सुविधा सम्पन्न प्रविधिको कारणले सुर्यको किरण नपर्ने भएका कारणले विभिन्न खालका महामारीले संक्रमण गरेको देखिन्छ ।


यो कुरा गरिरहदाखेरि, आम पाठकहरुको मनमा प्रश्न उठ्न सक्छ कि नेपालमा हुने सार्वजनिक यातायातमा खचाखच यात्रुहरु भरिएर हिड्दा के कोरोना जस्ता महामारी रोग लाग्न सक्दैन ?

तर यस जिज्ञासामा विभिन्न विश्लेषक र विज्ञहरुले के भनेका छन् भने सुर्यको किरण पर्ने भएकाले कोरोना जस्ता महामारी त्यही अन्त्य भएको

देखिन्छ । त्यसैले नेपालमा एकथरी स्वाथ्य विज्ञहरु नेपालमा कोरानाको अन्तरसम्बन्ध टुटेको कारणले चीन र अमेरिकामा जती आक्रमण ग¥यो त्यति नेपालमा नभएको बताउछन् ।

संस्कृति अनुसार नमस्कार गर्ने, बिहान शौचालय जाँदा पानी बढी प्रयोग गर्ने र माथि उल्लेखित जिरा, मसला, बेसार, मरिज, अदुवा, खुर्सानी लसुन प्याज, लगाएतका चिजहरु बढी प्रयोग गर्ने भएका कारणले कोरोना विरुद्धको रोग प्रतिरोधात्मक शक्ति पैदा भएको कुरा विश्लेषकहरु बताउछन् ।


यति मात्र हैन संस्कृति अनुसार नमस्कार गर्ने, बिहान शौचालय जाँदा पानी बढी प्रयोग गर्ने र माथि उल्लेखित जिरा, मसला, बेसार, मरिज, अदुवा, खुर्सानी लसुन प्याज, लगाएतका चिजहरु बढी प्रयोग गर्ने भएका कारणले कोरोना विरुद्धको रोग प्रतिरोधात्मक शक्ति पैदा भएको कुरा विश्लेषकहरु बताउछन् ।


त्यसैले प्रकृतिको संरक्षण गरौ, कोरोना जस्ता माहामारीको अन्त्य गरौ र सो अन्त्य गर्नका लागि सरकारी वन , सामुदायिक वन, पारिवारीक

नीजी वन र आ–आफना बारीका ढिक काल्नाहरुमा व्यापक रुपले रुखहरु रोपौ र अति वृष्टि, अनावृष्टि, भू–क्षय बाढी पहिरो लगाएतका विपद

व्यवस्थापन गर्ने यो महत्वपूर्ण माध्यम भएकाले यो प्रति संघिय, प्रदेश र स्थानीय सरकार र स्थानीय समुदाय यो दिशातिर अग्रसर हुन अति आवश्यक छ ।

नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हो भने कृषि र वन समुदायलाई जोड्न जरुरी छ । सो अनुसारका योजना निर्माण गर्न पनि

आवश्यक रहेको देखिन्छ । त्यसकारण हाम्रा परम्परागत मूल्य मान्यता, पद्धति र प्राकृतिक नियमलाई पालना गर्दै आधारभूत स्वास्थ्यका

मापदण्डलाई व्यवहारमा लागु गर्ने हो भने हामी कोरोना मात्रै हैन विभिन्न खाले माहामारी रोगबाट बच्न सक्छौ ।

 

 

 

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया