तुलसीपुर २७ बैशाख
हरेक राजनितिक दलहरुले समावेसी सिद्धान्तको आधारमा दलित समुदायको हक र अधिकार सुनिश्चित गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । राजनितिक दलहरुले हरेक आन्दोलनमा दलित समुदायहरुलाई राजनितिक दलको झोला बोकाउने काम मात्र गदै आएको उनीहरुले आरोप समेत लगाएका छन् । देशको राजनितिक परिवर्तन गर्नका लागी दलित समुदायहरुको पनि महत्वपुर्ण योगदान रहेको चर्चा गरेका थिए ।
नेपाल दलित संघ दाङ क्षेत्र नं.४ ले बुधवार तुलसीपुरमा आयोजना गरेको स्थानिय तहको निर्वाचनमा दलित समुदायहरुको सहभागिता विषयक अन्र्तक्रिया कार्यक्रममा वोल्ने सहभागीहरुले यस्तो बताएका थिए । झन्डै दुई दशक पछि देशभर स्थानिय तहको निर्वाचन हुन लागेको विषयमा छलफल गदै दलित अघुवाहरुले राज्यले वडा सदस्य पदमा दलित महिलाको अनिवार्य व्यवस्था गर्नुले दलित महिलाहरुमा उत्साह पलाएको बताएका थिए ।
क्षेत्रिय सभापति कासीराम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय जोगेन्द्र विश्वकर्मा, इश्वरी सुनार , इश्वरी विश्वकर्मा गोर्बधन विक, विजुला परियार,रामलाल चनारा, लाल बहादुर नोपली लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव किरण विश्वकर्माले गरेका थिए ।