तुलसीपुर, २७ बैशाख । नेकपा एमालेका नेताहरुले कार्यकर्ताहरु आर्थिक रुपले सवल नहुँदा सम्म पार्टी बलियो नहुने बताएका छन् । फर्साराम देवकोटाको स्मृती प्रतिष्ठानको २२ औं साधारणसभालाई आज तुलसीपुर उपमहानगरपालिका १६ लक्षीणपुरमा सम्बोधन गर्दै उनिहरुले कार्यकर्तालाई आयआर्जन मुखी कार्यमा लगाउनु पर्नेमा जोड दिएका छन् । कार्यकर्ता कम्जोर हुदा पार्टी पनि कम्जोर हुने भएकाले उनिहरुलाई उद्यमशिल बनाउने खालका नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताए ।
प्रतिष्ठानका जगदिस देवकोटाको अध्यक्षता तथा एमालेका नेता छविलाल वलीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा एमाले जिल्ला कमिटी अध्यक्ष टीकाराम खड्का, एमाले सहकारी तथा गरिबी निबारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डे, पारिवारीक नीजि वन महासंघका केन्द्रिय अध्यक्ष जोगराज गिरी, एमाले जिल्ला कमिटी सदस्य पदम केसी, शालिक राम रजौरे, लोकबहादुर वली, बामदेव खनाल, पदम प्रसाद शर्मा, सुशिल न्यौपाने, उत्तरकुमार न्यौपाने लगाएतले आआफना धारना राखेका थिए ।