घरअगाडि मोटरबाटो पुगेपछि स्थानीय खुशी

तुलसीपु, २६ बैशाख
घरअगाडि मोटरबाटो पुगेपछि तुलसीपुर ८ मालभुङका स्थानीयहरु खुशीले दङ्ग भएका छन् । गाउँमा शताब्दीऔं अघिदेखि मोटरबाटो पुगे पनि गाउँको भित्री क्षेत्र पर्ने त्यस ठाउँमा अहिले सम्म मोटरबाटो पुगेको थिएन् । “गाउँमा बषौं अघि देखि मोटर घुँइके पनि हाम्र्रो टोल सम्म मोटर आउन सक्दैनथ्यो अहिले बाटो बने पछि मोटर आउन लागेका छन् स्थानीय धनबिर दमाईले भने ।” तुलसीपुर उपमहानगर पालिकाको वडा बजेट शिर्षक अन्र्गत ५ लाख र स्थानीय समुदायको एक लाख २५ हजार जनश्रमदानमा ३ सय मिटर लम्बाई र ७ मिटर चौडाई रहेको बाटो निर्माण गरिएको हो ।
सडक निर्माण भएपछि स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य बस्तुहरु निकासी पैठारीकालागि सहज भएको सडक निर्माण उपभोक्ता समितिका सचिव देवराज खड्काले जानकारी दिए । यस अघि त्यहाँका स्थानीयलाई मोटर चल्ने बाटो सम्म आउन १० देखि १५ मिनेट लाग्ने गरेको थियो । तुलसीपुर बाघमारे सडक खण्डको कल्भर्ट देखि मालभुङ जोड्ने सडक निर्माण भएपछि चोरखोली र मालभुङका सयौं उपभोक्तारु प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २०७४ बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया