उपभोक्ता ठग्दै नेपाल टेलिकम

तुलसीपुर, २५ बैशाख
मोबाईलमा कुरा गर्दागर्दै विचमा नेटवर्क जाने (कट्ने) समस्याका कारण दाङमा हजारौं उपभोक्ता मर्कामा परेका छन् । नेपाल टेलिकमले वितरण गरेको पोष्टपेड, स्काई र प्रिपियड सिम र रिम प्रयोग गरेका मोबाइलमा यो समस्या देखा परेको उनिहरुले गुनासो गरेका छन् । करिब एक महिना देखि दाङमा, मोबाईलमा कुरा गर्दागर्दै नेटवर्क जाने समस्या देखिएको उपभोक्ता रामबहादुर रेउलेले बताए । “आफुले मोबाइलमा फोन गर्दा वा कतैबाट फोन आउँदा कुरा गर्दागर्दै ४/५ सेकेण्ड सम्म आवाज सुनिदैन्, फोन कट्योकि भनेर हेरयो कटेको हुदैन, तर आवाज आउदैन उनले भने ।”
पैसा कटिहाल्ने तर कुरा नहुँदा आफु जस्ता हजारौं उपभोक्ताहरु अनाहकमा कुरा नगरेको पनि पैसा तिर्न बाध्य भएको उनले बताए । “कुरागर्दागर्दै दोस्रो व्यक्तिले बोलेको केहि समय सुनिदैन, अर्का उपभोक्ता ही ‘पदम केसीले भने’ कानमा मोबाइल लगाइरहयो अनि उसले कुरागरिहेको आवाज पुनः आउँछ ।”
दोस्रो पक्षले कुरा गरिरहने तर अर्कोपक्षले नसुन्दा फेरी त्यहि कुरा दोहरयाउँदा दोहोरो खर्छ हुने गरेको उपभोक्ताले बताएका छन् ।
यता  नेपाल टेलिकम दुरसञ्चार कार्यालय तुलसीपुरले भने यसको विषयमा कुनै गुनासो नआएको बताएको छ । अहिले सम्म कार्यालयमा यस्तो जानकारी नआएको भन्दै कार्यालय प्रमुख बलराम जोशीले यसको विषयमा के रहेछ बुझने बताए । “ट्राफिक जाम र सिष्टमको खराबीले पनि कहिले काँही यस्तो  हुनसक्छ, जोशीले भने ।”

प्रकाशित मिति : २०७४ बैशाख २५ गते सोमवार
प्रतिक्रिया