तुलसीपुर,२५ बैशाख ।
प्रत्येक वर्ष मे ८ मा बिश्व रेडक्रस दिवस मनाउने गरिन्छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । हरेक बर्ष संस्थापक हेनरीको सम्झना गर्दै बिभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ ।
यता दाङ रेडक्रसले आज अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । तुलसीपुरमा कार्यक्रम गरी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कार्यक्रम सँयोजक विश्राम अधिकारीले जानकारी दिनुभएको छ । ‘रेडक्रस सबै ठाउँमा, सबैका लागि’नाराका साथ दिवस मनाउन थालिएको हो । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरे ।
उनको बिचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यताप्राप्त गर्यो । तर नेपालमा भने वि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो । रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानीन्छ । रेडक्रसको मुख्यलक्ष्य भनेको मानब उद्धार हो । यो सस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयम्सेवकका रुपमा कार्यरत छन् ।
रेडक्रसले गर्ने काम अरु कुनै संस्थाले गर्न सक्दैन ्र विशुद्ध मानबियतालाइ आधार मान्दै रेडक्रसले मानब कल्याणको काम गर्दै आएको छ र यो एकदमै प्रसंसनिय रहेको छ । रेडक्रस दिवसको अवसरमा देशैभरी र्या ली, रक्तदान,विपद् व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरि मनाउने गर्दछन ।