देवि भण्डारी,घोराही २४ बैशाख ।
खोज पत्रकारीतामा महिलाहरुको सक्रिय सहभागीता बढाउने उदेश्यले आयोजना गरीयको महिलाहरुका लागी खोज पत्रकारीता तालिमको आज समापन गरीएको छ । नेपाल पत्रकार महासघंको आयोजना तथा जिल्ला समन्वय समितिको आथिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको प्रमुख आथित्यतामा कार्यक्रम समापन गरीएकोे हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि जिसीले शिकेको कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाले आगामि दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरुको लागी निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
महासंघकी वरिष्ठ उपाध्यक्ष लिला शाहाको स्वागत मन्तव्यबाट सुरुभएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, केन्द्रिय र्पासद शुशिला आचार्य , नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य सुलोचना गौतम , प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतम , नेपाल पत्रकार महासंघ दाङकी पुर्व उपाध्यक्ष लक्ष्मी आचार्य , तथा सहभागीको तर्फ बाट निरला अर्याल र रोशनी मल्लले आ आफ्नो भनाई राख्नु भएको थियो ।
तालिममा २० जना क्रियासिल महिला पत्रकारहरुको सहभागिता रहेको थियो । तिन दिन सम्म सञ्चालन भएको तालीमको प्रशिक्षकमा विपुल पोख्रेल , लक्ष्मी आर्चाय , बसुन्धरा गौतम , सुशिल गौतम , शुहिला आचार्य , सुलोचना गौतम, सुर्दशन रिजाल रहनु भएको थियो ।
समापन कार्यक्रममा पत्रकार माहासंघकी सदस्य सविता चौधरीले धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघकी सह सचिव सर्मिला डीसी ले गर्नुभएको थियो ।।