लक्ष्मण बस्नेत, तुलसीपुर २४ वैशाख ।
स्कुल स्पोर्टस फुटबल एकाडेमी दाङ तुलसीपुर अरनीको मैदानमा जारी जिल्ला क्लब स्तरिय वि डिभिजन लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । जिल्ला फुटबल संघ दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिबार भएको पहिलो सेमिफाइनल खेलमा सक्सेस फुटबल क्लब तुलसीपुरलाई १ का विरुद्ध २ गोल अन्तरले पराजीत गर्दै फुटबल एकाडेमीले फाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकका विच कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को २० औ मिनेटमा एकाडेमीका जर्सी नम्बर ११ का खेलाडी संदिप विकले पहिलो गोल गर्न सफल भए । पहिलो हाफ् सकिदा १ सुन्यले पछाडी परेको सक्सेसका तर्फबाट दोश्रो हाफ्को ३ औ मिनेटमा जर्सी नम्बर १० का खेलाडी बिनोद केसीले पहिलो गोल गर्दै टिमलाई बराबरीमा पु¥याउन सफल भए ।
यसअघीका दुई संस्करणमा उपाधी उचालेको एकाडेमी र पछिल्लो समयमा शसक्त प्रर्दशन गर्दै आएको सक्सेस विचको खेल चलिरहदा बाजी कसले मार्ला भन्ने आंकलन समेत गर्न नसकिरहेको अवस्थामा एकाडेमीका जर्सी नं ६ खेलाडी सरोज भण्डारीले दोश्रो हाफ्को २७ औ मिनेटमा हेड मार्फत गरेको गोल एकाडेमीका लागि निर्णायक गोल सावित भयो ।
यसैविच आइतबार दिउसो साढे ३ बजेपछी हुने दोश्रो सेमिफाइनलमा युएनविसी घोराही र न्युरोड व्वाइज क्लब तुलसीपुर भिड्नेछन ।