सल्यानमा तीन सय साठी मतदान अधिकृतलाई तालीम

मिना बुढाथोकी, सल्यान २३ बैशाख ।
स्थानीय तहको निर्वाचन आउन अब ८ दिन बांकी रहेका बेला सल्यानमा निर्वाचनको तैयारी तीव्र रुपले अगाढी बढी रहेको छ । पहिलो चरणको निर्वाचन अन्तरगत हुने स्थानीय निकायको निर्वाचन स्वच्छ, निक्ष्पक्ष र सहज ढंगले सम्पन्न गर्नका लागी तैयारी तीव्र पारेको जिल्ला निर्वाचनको कार्यलय सल्यानले जनाएको छ ।

जस अन्तरगत दुई दिन आज र भोली जिल्ला मतदान अधिकृतहरुलाई मतदान तथा मतगणना सम्बन्धी तालीम संचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश शर्माले जानकारी दिनु भयो । स्थानीय तहको निर्वाचनमा खटिने जिल्लाका तीन सय ६० जना मतदान अधिकृतलाई मतदानस्थल तथा मतगणनास्थलमा अपनाईने सावधानीका बारेमा तालीममा संचालन गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाताले दिएको मत खेर नजावोस भन्ने उद्देश्यले मतदान प्रक्रियाका बारेमा विस्तृत रुपमा जानकारी गराउने र मतदान कार्य व्यवस्थापन ,नमुना मतदान लगायतका विषयमा पनि तालीम अवधिभर जानकारी गराईने छ । तालीमको सहजीकरण जिल्ला निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकृतहरुले गरि रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबिच स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलका उम्मेदवार तथा कार्यकर्ताले पनि उत्साहका साथ प्रचार प्रसार थालेका छन् ।
जिल्लामा अवस्थित प्रमुख राजनैतिक ४ दल नेपाली कांग्रेस,नेकपा एमाले,माओगवादी केन्द्र र राप्रपा सल्यानले घर दैलो तथा प्रचार प्रसार कार्यक्रमलाई तिव्रता दिएका छन । नगरपालिका र गांउपालिका मा हुने निर्वाचन आप्mनो पक्षमा रहने सबै दलले दावी गर्दै आएका छन ।

प्रकाशित मिति : २०७४ बैशाख २३ गते शनिवार
प्रतिक्रिया