तुलसीपुर २३ बैशाख
नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभागका केद्रिय सदस्य घनश्याम पाण्डेले पत्येक सुकुम्बासीका हातहातमा लालपुर्जा वितरण गर्ने बताएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ८ ले टीकरीमा आयोजना गरेको टोलभेलाई सम्बोधन गर्दै प्रमुख अथिती पाण्डेले प्रतिऐलानी जग्गामा हजारौ नागरिकहरु बस्दै आएपनि जग्गा मेरो हो, भन्ने प्रमाण नहुदा राज्यले दिने हरेक सेवासुविधाबाट बन्चित हुनु परेको भएको बताए । ‘अवको पाँच बर्षमा कुनै पनि सुकुम्बासी लालपुर्जा विहिन हुनु पर्ने छैन्, त्यसको लागि सत्ता चलाउने हैन् सेवा गर्ने मान्छेलाई विजयी गराएर पठाउनुस त्यो भनेको नेकपा एमाले ने हो पाण्डेले भने ।’
पूर्व तुलसीपुर नगरपालिका उपमेयर समेत रहेका पाण्डेले नेकपा एमालेलाई विजयी गराउनका लागि कार्यकर्तालाई खट्न पनि आग्रह गरे । सुखी नेपाली र सम्वृद्ध नेपालीको परिकल्पना नेकपा एमालेको सपना भएको भन्दै एक घर एक रोजगारका अवसरका लागि उद्यम संचालन गर्ने बताए । वडा कमिटीका संयोजक मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटी सदस्य मुकुन्द काफले, टोपबहादुर वली, तेजकुमारी विक , धर्मराज वली, प्रवेशिका गौतम लगाएतले आआफना धाराना राखेका थिए ।