सिँचाई कुलो पक्की बने पछि किसानहरु खुसी

बसन्त परियार,तुलसीपुर २३ ।
तुलसीपुर ११ बेल्टाकुरामा पक्की सिचाई कुलो बने पछि स्थानियहरु खुसी भएका छन । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा कुल्लो पक्की बनेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभएको छ । उपमहानगरपालिकाको एक लाख पचास हजार र जग्गाधनिको सहयोग गरी एक लाख ८८ हजार रुपैयामा उक्त योजना सम्पन्न भएको उहाले जानकारी दिनुभयो ।

झण्डै पचास मिटर लामो कुलो पक्की गरीएको छ । कच्ची कुलाका कारण किसानहरुलाई खेतमा पानी लग्न समस्या हुने गरेको थियो । कुलो निर्माण सम्पन्न भएपछि अव पानी सहजै रुपमा खेतमा लैजान सकिने स्थानिय ओविर बहादुर चन्दले जानकारी दिनुभएको छ । कुलो बाट झण्डै एक सय विघाह जमिनका धनिहरु लाभान्वीत हुने भएका छन ।

प्रकाशित मिति : २०७४ बैशाख २३ गते शनिवार
प्रतिक्रिया