दिपक परियार,घोराही २२ बैशाख ।
मार्क कलेज घोराहीमा अनेरास्ववियूले कमिटि विस्तार गरेको जनाएको छ । कलेजमा अहिलेसम्म कुनै विद्यार्थि सँगठनले कमिटि विस्तार नभएको अवस्थामा पहिलोपटक कमिटि विस्तार भएको अनेरास्ववियूले दावि गरेको छ । श्याम घर्ति मगरको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरीएको अनेरास्ववियूले जनाएको छ ।
जस्को उपाध्यक्षमा लक्ष्मण गिरी, सचिबमा राजिव गिरी र कोषाध्यक्षमा राजन केसी रहेका छन । यस्तै सदस्यहरुमा निमा पुन, विपुल पोख्रेल,राधा विक,अनिषा पाण्डे ,कृष्ण परीयार लगायतका रहेका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक विकृती अन्र्तगत सदैव कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा अनेरास्ववियु राष्टिय परीषद् सदस्य दिपक परियार,जिल्ला कोषाध्यक्ष विराज डिसि,अविषेक विएम,सँगितअधिकारी लगायतले बोलेका थि । कार्यक्रमको सहजिकरण मुकुन्द न्यौपानेले गर्नुभएको थियो ।