राप्ती अञ्चल बस समितिअनलाईन प्रणालीमा

शरद रेग्मी
तुलसीपुर, २१ वैशाख
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आफ्ना प्रशासनिक कामहरु अनलाईन प्रणालीबाट शुरु गरेको छ । समितिले सञ्चालन गर्ने हरेक गतिविधिहरु अनलाईन र एसएमएस मार्फत कार्यसम्पादन गर्न शुरु गरिएको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । विहिवार वसेको समितिको वैठकले प्रसाशनिक कार्यलाई चुस्त दुरुस्त त तथा छिटो छरितो वनाउन आधुनिक प्रविधिबाट अघि बढ्ने निर्णय गरिएको अध्यक्ष हमालले वताए । अनलाईन र एसएमएस मार्फत व्यवसायीहरुलाई विमा, नियमित वैठक, सवारी धनी तथा सवारी चालकहरुको अभिलेख र व्यवसायीहरुको वारेमा अनलाईनबाटै जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

यता समितिले तयार गरेको २०७४ सालको भित्ते पात्रोको पनि एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । पात्रोमा दाङ सहित राप्तीका पर्यटकिय तथा धार्मिक क्षेत्रहरु समेटिएको छ । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अञ्चल संयोजक भरतनाथ योगी, समितिका सल्लाहकार देवि वहादुर डिसी, अनुगमण संयोजक युवराज शर्मा लगायतले संयुक्त रुपमा भित्तेपात्रोको सार्वजनिक गरेका हुन् । सो अवसरमा समितिका कार्यालय प्रमुख डाक्टर लोकराज पराजुली, समितिका उपाध्यक्षद्धय पुष्कर धिताल, मान वहादुर डिसी, कल्याणकारी सचिव भरतराज श्रेष्ठ, अनुगमण समितिका सह संयोजक प्रेमराज गिरी लगायतले आफ्नो धारना राखेका थिए भने कार्यक्रमको सहजिकरण समितिका प्रशासनिक सचिव नारायण न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०७४ बैशाख २१ गते बिहिवार
प्रतिक्रिया