पत्रकारको न्युनतम पारीश्रमिकको ब्यवस्था हुनपर्ने

तुलसीपुर, २१ बैशाख ।
तुलसीपुर, २१ बैशाख ।
प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासँघ दाङले शुभकामना आदान प्रदान तथा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।  महासँघका अध्यक्ष सविन प्रियानको अध्यक्षता तथा केन्द्रीय सदस्य अजयदिप शर्माको प्रमुख आतिथ्य एंव प्रेस स्वतन्त्रता सेनानि शुसिल गौतमको विशिष्ठ आतिथ्यतनमा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्ने बक्ताहरुले राज्यले पत्रकारहरुको पेशागत सुरक्षा,सामाजिक तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताएका थिए । न्युनतम पारीश्रमिक र विमाको ब्यवस्था हुनपर्ने उनिहरुको भनाई थियो ।

सो अवसरमा चिन्तामणि जमुना स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार गणेश वलीलाई पुरस्कृत गरीएको थियो । महासँघकि उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिरकण सचिब भुपेन्द्र वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख २१ गते बिहिवार
प्रतिक्रिया