निर्वाचन सुरक्षामा सल्यानमा चार सय प्रहरी थप

काठमाण्डौ,१९ बैशाख ।
पहिलो चरणमा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले थप प्रहरी परिचालन गरेको जनाएको छ । विभिन्न जिल्लामा गरी अहिलेसम्म करिब ५ हजार प्रहरी तथा दुई सय २० वटा सवारी साधन परिचालन गरेको छ । प्रदेश नं ३, ४ र ६ मा पर्ने जिल्लामा चार हजार आठ सय ८७ प्रहरी थप मद्दतका लागि खटाइएको प्रहरीले जनाएको छ ।

गोरखामा पाँच सय ५५, बाग्लुङमा १०, नुवाकोटमा छसय १४, पर्वतमा २५, काभ्रेपलाञ्चोकमा छ सय ५१, सिन्धुपाल्चोकमा चार सय ५१, स्याङ्जामा ७०, म्याग्दीमा १२, धादिङमा तीन सय १३, लमजुङमा ८१, कास्कीमा ४०, चितवनमा ८१, तनहँुमा ८९, मकवानपुरमा ८०, रसुवामा १४, सुर्खेतमा तीन सय ९३, नवलपरासीमा पाँच, सिन्धुलीमा एक सय ३०, दोलखामा एक सय ८६, रामेछापमा एक सय २४, दैलेखमा एक सय ४२, कालीकोटमा एक सय १२, जुम्लामा २६, जाजरकोटमा ७२, सल्यानमा चार सय २५ र रुकुममा ५७ प्रहरी परिचालन गरिएको हो ।

निर्वाचनको घोषणा भएपछि प्रहरी प्रधान कार्यालयले केन्द्रमा केन्द्रीय निर्वाचन समन्वय कक्ष स्थापना गरी प्रहरी परिचालन गर्दै आएको छ । प्रदेशमा २२ हजार ६ सय १५ प्रहरी कर्मचारी तथा २२ हजार छ सय ९९ म्यादी प्रहरी खटाउने नीतिअनुरुप आवश्यकतानुसार थप गर्दै आएको पनि समन्वय कक्षले जनाएको छ । यसैबीच चुनावका लागि भारतले पनि ८६ वटा गाडी दिएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया