सम्झौता गरेको छ महिना अघिनै बगाले पुल बन्ने पक्का

तुलसीपुर, १७ बैशाख

सम्झौता गरेको छ महिना अगाबै बगाले पुल बन्ने भएको छ । दाङका कतिपय खोलाहरुमा निर्माण गर्ने भनिएका पुलहरु तोकेको समयमा नबनेको गुनासो आईरहदा घोराही रोल्पा जोड्ने सडक खण्ड अन्तर्गत बगाले खोलाको पुल भने, छ महिना अघि नै बन्ने भएको हो ।
पुलको ८० प्रतिशत काम पुरा भइसकेको देव एण्ड सायर जुद्ध एण्ड पूर्ण जेभिका पुर्णबहादुर भण्डारीले जानकारी दिए । मंसिर २०७४ मा काम पुरा गर्नेगरि निर्माण सेवाले २८ असाढ, २०७३ मा जिल्ला प्राविधिक कार्यालय दाङसंग सम्झौता गरेको थियो ।

पुलको निर्माण कार्य जेठ महिनामै सकेर असाढ महिनामा हस्तान्तरण गरिने निर्माण सेवाका प्रोप्राइटर भण्डारीले जानकारी दिए । ५० मिटर लम्बाई र ८ मिटर चौडाई रहेको पुल निर्माणका लागि २ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ ।

पुलको निर्माणकार्य गत मंसिर महिना देखि सुरु भएको थियो । दुइ स्पानको पुल निर्माण पश्चात सञ्चालनमा, आएमा बर्षौ देखि सास्थी खेप्दै आएका स्थानीयले राहातको महशुस गर्ने छन् ।

प्रकाशित मिति : २०७४ बैशाख १७ गते आइतवार
प्रतिक्रिया