लक्ष्मण बस्नेत १७ वैशाख दाङ ।
वि डिभिजन क्लब स्तरिय जिल्ला लिग फुटबल प्रतियोगिता सनिबार देखी दाङ तुलसीपुर अरनिको मैदानमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ वार्षिक कार्यक्रम अनुसार रेडबुल प्रालिको मुख्य प्रायोजन तथा दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन खेलमा स्कुल स्पोर्टस फुटबल एकाडेमी तुलसीपुरले विजयी सुरुवात गरेको छ । नवलपुर फुटबल क्लब घोराहीलाई १ का विरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजीत गर्दै एकाडेमीले विजयी सुरुवात गरेको हो ।
उल्लेख्य दर्शक विच भएको रोमाञ्चक खेलको पहिलो हाफ्को १५ औ मिनेटमा एकाडेमीका अर्जुन नेपालीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै एकाडेमीका रामशरण थापाको पासमा सुरज डाँगीले दोश्रो हाफ्को ४ औ मिनेटमा गोल गर्न सफल भए भने दोश्रो हाफ्को ७ औ मिनेटमा अर्जुन नेपाली थप एक गोल गर्न सफल भए । त्यस्तै नवलपुरका तर्फबाट दोश्रो हाफ्को १७ मिनेटमा बिक्रम नेपालीले जवाफी एक गोल गरे ।
त्यस्तै एकाडेमीका तर्फबाट दोश्रो हाफ्को ३१ औ मिनेटमा प्रदिप रानाले गोल गर्न सफल भए । खेलको मुख्य रेफ्रीमा शिवहरी शर्मा, रेफ्रीमा डिएन दहाल लगाएतका रहनु भएको छ । यसैबिच प्रतियोगिताको औपचारीका उद्घाटन तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथी विमल रिजालले गर्नु भएको हो ।
जिल्ला फुटबल संघका उपाध्यक्ष प्रेम प्रकास मल्लको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रिजालले खेल जिवनको अभिन्न अंग भएको बताउनु भएको छ । कार्यक्रमको संचालन खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नु भएको थियो । जिल्लामा स्थापित १० फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता लिगमा नकाउटका आधारमा खेलाइनेछ ।