तुलसीपुर ५ बैशाख/उपप्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगले नै निर्वाचन धुमाल्न खोजेको आरोप लगाएका छन् । रिपोर्टस क्लव तुलसीपुर दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले निर्वाचन अयोगको पक्षपातपुर्ण र विभेदकारी निर्णयले निर्वाचन सङ्ल्याउने भन्दा पनि धमिल्याउने काम आयोगले गरेको बताए ।
कुनै पनि पार्टीको सिद्धान्त र विचार प्राण भएकाले त्यसलाई निषेध गर्ने दुष्टिकोण गलत भएको उनले बताए । ‘कुन विचार बोक्ने र कुन बोक्न नपाइने भन्ने व्यवस्था संविधानले गरेको छैन, उनले भने विधानबाट हिन्दु धर्म र राजसंस्था हटाउने अधिकार आयोगलाई छैन् ।’
आफुहरु बाध्य भएर आन्दोलनमा जानु परेको भन्दै राप्रपाका केन्द्रिय अध्यक्ष समेत रहेका थापाले यदि आयोगले निर्ण नसच्याए कठोर निर्णय गर्न बाध्य हुने बताए । अहिले पनि ६८ दल सहित नयाशक्ति पाटी आन्दोलनमा रहेको चर्चा गर्दै राप्रपालाई आन्दोलन र संघषमा नधेकेल्न आग्रह गरे । उनि राप्रपा नेपालले तुलसीपुरमा गरेको आमसभालाई संवोधन गर्न दाङमा आएका हुन् ।