काठमाडौ, बैशाख ४ – राष्ट्रपति विद्या भण्डारी भारत प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको नियन्त्रणमा ५ दिने राजकीय भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।
यसअघि गत बैशाख २७ गते गर्ने भनिएको राष्ट्रपति भण्डारीको भ्रमण तयारी नपुगेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले स्थगित गरेको थियो ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्रीहरुलगातका टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । सोही अवसरमा नेपाली सेनाको टोलीले २१ तोपको सलामी समेत अर्पण गरेका थियो ।सरकारले राष्ट्रपतिको भ्रमणका क्रममा सोमबार सार्वजनिक विदा समेत दिएको छ ।
राष्ट्रपतिको भ्रमण टोलीमा ३४ सदस्य छन् । राष्ट्रपतिसँगै उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत, राष्ट्रपतिका राजनीतिक विज्ञ सुशील प्याकुरेल,विदेशमामिला विज्ञ मदनकुमार भट्टराई, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी,सांसदहरु किरण यादव,मञ्जु चौधरी, लक्ष्मी पासवान थापा, सीता नेपाली रहेका छन् । त्यस्तै टोलीमा पूर्व राज्यमन्त्री चन्दा चौधरी पूर्व सांसद जुली महता,ेपरराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी पनि सहभागि छन् ।
टोलीमा राजदूत दिपकुमार उपाध्याय र नयाँ दिल्लीस्थित दूतावासका अन्य पदाधिकारी पनि छन् । राष्ट्रपतिको टोलीमा रेडियो नेपाल संवाददाता भुवन आचार्य र नेपाल टेलिजिनका सुरेन्द्र पौडल र बसन्त रुपाखेती तथा राससका संवाददाता भरत केसी सहभागि छन् ।
टोलीमा राजदूत दिपकुमार उपाध्याय र नयाँ दिल्लीस्थित दूतावासका अन्य पदाधिकारी पनि छन् । राष्ट्रपतिको टोलीमा रेडियो नेपाल संवाददाता भुवन आचार्य र नेपाल टेलिजिनका सुरेन्द्र पौडल र बसन्त रुपाखेती तथा राससका संवाददाता भरत केसी सहभागि छन् ।