तुलसीपुर, ४ बैशाख ।
तिन करोडको लगानीमा तुलसीपुरमा संस्कार सिकाउन संस्कार पाठशालाको उद्घाटन गरिएको छ । विद्यार्थीहरुलाई सुविधायुक्त वातावरणमा अध्यापन गराउनका लागि उच्च प्रविधिको पाठशाला स्थापना गरिएको हो । ज्ञानज्योति एजुकेशन फाउन्डेसनका सस्थापक अध्यक्ष टिका बहादुर जिसिको अध्यक्षता तथा विद्यालय निरीक्षक नारायण पौडेलको प्रमुख आतिथ्यमा उद्घाटन गरीएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले मानविय संस्कार विनाको शिक्षाले सामाजिक सद्भाव कायममा सफलता हासिल गर्न नसक्ने कुरामा जोड दिनुभएको थियो ।
सो अवसरमा निर्देशक सुरेन्द्र जिसीले संस्कार पाठशालाको अवधारणाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ‘मन्टेश्वरी शिक्षण विधिका साथै खेल्दै रमाइलो वातावरणमा विद्यार्थीको मनोविज्ञान वुृझेर अध्यापन गराइने छ ’ जिसीले भन्नुभयो । विद्यालय यसै शैक्षिक सत्रबाट कक्षा ३ सम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रमको सहजिकरण शिक्षक तथा संचार संयोजक बसन्त विवस आचार्यले गर्नुभएको थियो ।