तुलसीपुर, ३ दाङ/ नेकापा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाली कांग्रेसले मधेसीमोर्चाको आवरणमा देशलाई भड्कालो तर्फ धकेल्न खोजेको बताएका छन् । एमाले जिल्ला कमिटी दाङले तुलसीपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य पोखरेलले मोर्चाको आडामा हैन आफै अगाडि आउन कांग्रेसलाई चुनौति दिए । ‘आफु अगाडि आउन नसक्न,े मधेसीमोर्चालाई अघि सारेर जुनप्रकारकारको अराजनीतिक कृयाकलाप कांग्रेसले गर्न खोजीरहेको छ त्यो मुलकका लागि घातक हुन्छ, पोखरेलले भने ।’ पछिल्लो समय अतिवाद र जातिबादलाई प्रोत्साहित हुने गरि कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दै हिडेको बताउदै पूर्व सूचना तथा संचार मन्त्री समेत रहेका पोखरेलले आफनो स्वार्थका लागि मुलुकलाई संकटमा पार्ने अधिकार कसैलाई हुन नसक्ने बताए । हिकमत भए कांग्रेस अगाडि आए आफुहरु सामाना गर्न तयार रहेको पनि उनले बताए ।
‘अतिवाद, जातिवाद, क्षेत्रियतावादले अन्तत्तवगत्वा एमालेलाई मात्र खान्छ भन्ने कांग्रेसले सोचेको छ तर सवै भन्दा पहिला काँग्रेसलाई नै खान्छ यो कुराको हेक्का कांग्रेसका साथिहरुले हेक्का राखे हुन्छ,’ ‘पोखरेलले भने ।’ यसै गरि पोखरेलले मधेसी मोर्चाको नियत समस्या समाधान हैन संकट पैदा गर्ने भएको बताए । उसले एक पछि अर्को गर्दै आफना माग फेरिरहन्छ भन्दै पोखरेलले मेधेसी मोर्चा देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने पक्षमा नभएको बताए । मोर्चालाई मनाउन सकेन भनेर एमालेलाई आरोप लगाउने माओवादी कांग्रेसले अहिले आफै अनुभूति गरिहेको उनले बताए । मधेसीमोर्चाको एजेन्डा मधेसीजनताको पक्षमा नभएको पनि स्थायी कमिटी सदस्य पोखरेलले आरोप लगाए ।
एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्काका्े अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हिराचन्द्र केसीले गरेका थिए ।