माओवादी केन्द्रका केन्द्रिय सदस्य केसी लगायत विभिन्न पार्टीका एक हजार पाँच सय एमालेमा प्रवेश

तुलसीपुर, ३ बैशाख / माओवादी केन्द्रका केन्द्रिय सदस्य गिरीराज केसी लगाएत विभिन्न पार्टीका एक हजार पाँच सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । अञ्चलपार्टी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि आइताबार एमालेमा प्रवेश गरेको केसीले बताए । क्रान्तिकारी वन्न खोजेर आफु माओवादी केन्द्रमा गएको भन्दै केसीले माओवादीले वर्गसंघर्षको लाइन छोडेर गएको ,सुरुमा अत्यन्त क्रान्तिकारी देखिए पनि हाल माओवादी केन्द्र बनाउने नाममा चार हजार केन्द्रिय सदस्यसम्म रहने जस्ता गैह्र लेनिनवादी प्रवृति लगाएतका कुराबाट असन्तुष्ट भएर प्रवेश गरेको केसीले बताए ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य केसी र नेपाल कम्युनिष्ट पार्टीका पाँच नम्बर प्रदेशका संयोजक तुलसा केसीले संयक्त रुपमा एक प्रेस विज्ञेप्ती जारी गर्दै आफु पुरानै घरमा फर्किएको बताएका छन् ।
संयुक्त प्रेस विज्ञप्तीमा नेकपा माओवादी केन्द्रसम्मको यो यात्रामा वैचारिक विचलनको पराकाष्टामा पुग्नु, आर्थिक भ्रष्टिकरणको उच्चतम प्रयोग पार्टी नेतृत्वले गर्नु, पार्टी संचालननको विधि चरम नोकरशाही हुनु, पार्टीको आडमा जग्गा दलाली गर्दै भूमिको अधिकारबाट किसानलाई वन्चित गरेको भन्दै विभिन्न पार्टी परित्याग गरि कम्युनिष्ट पार्टीको मुलधार नेकपा एमालेमा प्रवेश गरिएको विज्ञेप्तीमा उल्लेख छ ।
यसैविच एमालेले आज नव प्रवेशीलाई एक कार्यक्रमको आयोजना गरि पार्टीमा स्वागत गरेको छ ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता शंकर पोख्रेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जातियता वादमा लागेको बताएका छन् । उनको यो कृयाकलाप अतिवाद भएको टिप्पणी गर्दै नेता पोखरेलले अतिवादले स्वयम काँग्रेसलाई खाने बताए ।

प्रकाशित मिति : २०७४ बैशाख ३ गते आइतवार
प्रतिक्रिया