बहुभाषिकहरुको संरक्षण भएमा मात्रै  नेपाली बीच सद्भाब कायम हुन्छ

तुलसीपुर,२ बैशाख
बहुजाति बहुभाषिकहरुको संरक्षण हुन सकेमात्र नेपाली नेपाली बीच सद्भाब कायम हुने सक्ने दाङको हेमन्तापुरमा आयोजीत कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले संस्कृती र परम्पराको संरक्षणका लागि आ आफ्नै समुदयबाट लाग्नुपर्ने उनीहरुको सुझाब छ । खप्तडी बस्नेत बंशावली अनुसन्धान तथा उत्थान केन्द्रीय कार्यालय हेमन्तापुर दाङमा आज आयोजीत स्वागत तथा सम्मान कार्याक्रमका बक्ताहरुले ईतिहासका पानाहरुमा खप्तडी बस्नेतहरुले देशका लागि पुर्याएको योगदानको चर्चा समेत गरेका थिए । नेपाल निर्माण देखि पछिल्ला दिनमा पनि खप्तडी बस्नेतहरुले पुर्याउदै आएको योगदानलाई उच्च मूल्याकन गर्दै अझै पनि नेपाली नेपाली बीचको सद्भाब कायम गर्न आ आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिएका छन् । समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा आयोजीत कार्यक्रममा बंशावली निर्माण समितिका तेजबहादुर बस्नेत,राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत,ज्वालामाई गण भालुबाङका सशस्त्र प्रहरी निरिक्षक लालबहादुर बस्नेत,नेपाल शिक्षक संघका अध्यक्ष युबराज बस्नेत,यातायात ब्यबसायी ज्ञानबहादुर बस्नेत,ब्यबसायी सन्तोष बस्नेत,पत्रकारहरु सुशील बस्नेत,लक्ष्मण बस्नेत र राकेश बस्नेत,स्नेहा बस्नेत,प्रकास बस्नेत लगायतले बोलेका थिए । उक्त अबसरमा एसएलसी परिक्षा २०७२ सालमा खप्तडी बस्नेत परिवारको तर्फबाट उत्कृष्ठ अकंप्राप्त गर्ने तुलसीपुरकी स्नेहा बस्नेत र मानपुरका प्रकास बस्नेतलाई पुरस्कृत गरिएको थियो

प्रकाशित मिति : २०७४ बैशाख २ गते शनिवार
प्रतिक्रिया