तुलसीपुर १ वैशाख ।
राज्यका नीति निर्माण तहमा दलित समुदायको पहुँच नहुदा सम्म अधिकार सुनिश्चत नहुने एक कार्यक्रमका सहभागिले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका ११ उरहरिमा आयोजना गरिएकोे ‘दलित समुदायका लागि नेतृत्व विकास तथा पत्रकारिता तालिमको’ समापन अवसरमा बोल्ने सहभागिले दलितका पक्षमा कानुन बने पनि कागजमामात्रै सिमित रहेकाले अपेक्षा अनुसार व्यवहारमा कार्यान्यवन नभएको बताए । त्यसैगरि वक्ताले सञ्चार माध्यमहरुमा दलितहरुको सभागिता बढाउन यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने भएकाले सिकेका कुरालाई व्यवहारमा उतानुृ पर्नेमा आग्रह गरेका थिए । वडा स्तरीय दलित सञ्जालका संयोजक बसन्त परियारको अध्यक्षता तथा समाजसेवि तिलक बहादुर बस्नेतको प्रमुख आतिथ्यता एव्म रेडियो प्रकृतिका समाचार सम्पादक ओपेन्द्र बस्नेतको विशिष्ठ आतिथ्यमा तालिमको समापन गरिएको थियो ।
वडा स्तरीय दलित सञ्जाल साविक २० को आयोजना तथा उपमहानगरपालिकाको सहयोगमा दलित समुदायका यूवायूवतीहरुको लागि उक्त तालिम दिईएको हो । तालिममा साविक वडा नम्बर २० का ३० जना दलित समुदायका युवायुवतीहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा सहभागिको तर्फबाट प्रेम परियार, सुस्मीता नेपालीले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक परीचालक लक्ष्मी चौधरीले गर्नुभएको थियो । तालिमको प्रशिक्षकहरुमा पत्रकारहरु शुसिल बस्नेत,ओपेन्द्र बस्नेत र बसन्त परियार रहनुभएको थियो ।