राज्यको हरेक तहमा दलितको सहभागिता भए मात्र जातिय विभेदको अन्त्य

उरहरी, १ बैशाख ।
राज्यका हरेक निकायमा दलितको सहभागिता भए मात्रै जातिय विभेदको अन्त्य हुन सक्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनिहरुले अझैपनि जातियका नाममा थिचोमिचो रहेकाले समाजमा रहेकोले हरेक निकायमा दलितको सहभागिता भएमात्र विभेद अन्त्य हुनेमा जोड दिएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा दलित समुदायका लागि नेतृत्व विकास तथा पत्रकारीता तालिमका उद्घाटन अवसरमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । वडा स्तरीय दलित सञ्जालका संयोजक बसन्त परियारको अध्यक्षता तथा वडा सचिब मान बहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै वडा सचिब रावतले सवैभन्दा बढि पिछिडिएको दलित समुदायले पत्रकारीता मार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाले हिजोका दिन भन्दा आज जातिय विभेदमा केहि कमि आएको भन्दै यस्का लागि दलितहरु आफै जागरुक भएर सक्षम बन्न सके अझै कम हुने बताउनुभयो । यस्तै स्थानिय तहको निर्वाचनमा दलित महिला अनिवार्य भएकोेले महिलाहरु अघि बढ्न आग्रह गर्नुभयो । सो अवसरमा एमाले नेतृ माया आचार्य , तालिमका मुख्य प्रशिक्षक पत्रकार शुसिल बस्नेत , स्थानिय समाजसेवि श्याम गिरी, लगायतले बोल्नुभएको थियो । वडा नागरीक मञ्चकि गायत्रा डागीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक परीचाललक लक्ष्मी चौधरीले गर्नुभएको थियो । वडा स्तरीय दलित सञ्जाल साविक २० को आयोजना तथा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिम आज शुक्रवार सम्म चल्ने छ । तालिममा साविक वडा नम्बर २० का ३० जना दलित समुदायका युवायुवतीहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षक पत्रकारहरु शुसिल बस्नेत,ओपेन्द्र बस्नेत र बसन्त परियार रहनुभएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख १ गते शुक्रवार
प्रतिक्रिया