नेकपा सल्यानको सिंगो पार्टी एमाले सल्यानमा समायोजन

मिना बुढाथोकी
चैत ३१,सल्यान/ नेकपा एमाले सल्यानमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यान समायोजन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य तथा सल्यान अध्यक्ष समेत रहेका महेश देबकोटा सहित सिंगो पार्टी नै एमाले सल्यानमा समायोजन भएको हो ।
विहिबार एमाले पार्टी कार्यालय सल्यान खलंगामा एक कार्यक्रमको आयोजना गरी समायोजन भएको घोषणा गरिएको हो । नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले नेकपा एमाले जनप्रिय पार्टीको रुपमा स्थापित भएको बताए ।
एमालेको लोक प्रियता देखेर एमालेमा प्रबेश गर्ने जनलहर बढ्दै गएको बताउदैँ उनले बाह्य शक्ति भने डराएको बताए । ज्वालाले एमालेले देशमा बिकास निर्माण देखी शान्ती सुब्यबस्था कायम गर्न अग्रणी भूमिका निर्बाह गरेको दाबी गरे । “देश परिबर्तनका लागी हरेक आन्दोलन भए” उनले भने “एमालेले ती हरेक आन्दोलनको नेतृत्व गरेको थियो ।”
यस्तै कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा सल्यान ईन्चार्ज गुलाबजंग शाहले एकताबद्ध भएर लाग्न कार्यकर्ता हरुलाई आग्रह गरेका छन् । स्थानिय निर्बाचनमा एमालेलाई पहिलो बनाउनको लागी त्यही अनुसार लाग्न निर्देशन दिए ।  पार्टी समायोजन कार्यक्रममा बोल्दै नेकपा का पोलिटब्यूरो सदस्य तथा सल्यान अध्यक्ष महेश देबकोटाले समयको माग अनुसार आफु अगाडी बढेको बताए ।
नेकपा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिब रमेश कुमार गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७३ चैत्र ३१ गते बिहिवार
प्रतिक्रिया