‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ अभियानमा यी युवाले पुरयाए योगदान

तुलसीपुर ३१ चैत्र/ तुलसीपुरका एक युवाले ‘ग्रिन तुलसीपुर क्लिन’ तुलसीपुर अभियानका लागि करिब एक लाख बढिको योगदान पुरयाएका छन् । तुलसीपुर उद्योगबाणीज्य संघ र तुलसीपुर उपमहानगरपालिकाको अगुवाईमा तुलसीपुरमा भइरहेको ग्रिन तुलसीपुर क्लिन तुलसीपुर’ अभियान अन्र्गत सरसफाई अभियानमा सहयोग पु¥याउने उद्देश्यले तुलसीपुर ५ निबासी मेघराज घिमिरेले फोहोर उठाउन निशुल्क टेक्टर उपलब्ध गराउदै आएका छन् ।
गएको मंगलबार सम्म आइपुग्दा सरसफाई अभियान, ३४ औं हप्तामा प्रवेश गरिसकेको छ । फोहोर व्यवस्थापन र समाजमा सकारात्मक सहयोग पु¥याउन सहयोग गरेको घिमिरेले बताए । ‘म कुनै हुनेखाने मान्छे त हैन् तैपनि प्रत्येक हप्ता हुने सरसफाई अभियानमा टेक्र लिएर आफै जान्छु, ‘घिमिरेले भने’ राम्रो कामका लागि हामिले सहयोग नगरे कस्ले गर्छ ?’ आफुले नामका लागि भन्दा पनि सुद्ध समाजिक भावनाले सहयोग गरेको घिमेरको भनाई छ । ‘ग्रिन तुलसीपुर क्लिन’ तुलसीपुर अभियान भदौ ७ गते देखि सुरु भएको थियो ।

तुलसीपुर ५ स्थित ज्ञानज्योति प्राथामिक विद्यालयका प्राधानाध्यापक समेत रहेका घिमिरेले त्यहाँ अध्यनरत पाँच सय बढि बालबालिकालाई विभिन्न संघसंस्था संग समन्वय गरेर जाडोमा न्यानो कपडा समेत प्रदान गरेका थिए । पातुखोला नजिकै रहेको उक्त विद्यालयमा गिट्टीकुटेर खाने गरिब तथा विपन्न वर्गका बालबालीका अध्यनरत छन् । विद्यार्थी र अभिभावकको मन जित्न सफल घिमिरे समाजमा उत्तिकै लोकप्रियका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २०७३ चैत्र ३१ गते बिहिवार
प्रतिक्रिया