एमाले तुलसीपुर ११ ले ग¥यो उम्मेद्धार सिफारीस

तुलसीपुर, ३० चैत्र ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को भेला उरहरीमा सम्पन्न भएको छ । भेलाले स्थानिय निकायको निर्वाचनमा उम्मेद्धारहरुको नाम सिफारीस गरेको छ । जस अनुसार वडाध्यक्षमा तिन जनाको नाम सिफारीस गर्ने निर्णय गरेको कमिटिले जनाएको छ । जस अनुसार वडाध्यक्षमा भागिराम चौधरी, लोकजग शाह र शावित्रा ढकालको नाम सिफारीस गर्ने निर्णय भएको छ । यस्तै दलित महिला सदस्यमा कमला नेपाली र टुल्की विकको नाम सिफारीस गरीएको छ । अन्य महिला सदस्यमा गायत्रा डागी , पार्वति डागी पुरुष सदस्यमा गिरीराज गौतम, तिलक चौधरी , नरेश वली , हुम बहादुर केसी को नाम सिफारीस गर्ने निर्णय गरीएको छ । भेलामा बाल्दै एमाले नेता शोभाराम वस्नेतले एक ढिक्का भएर स्थानिय निर्वाचनमा जसरी पनि जित्नैपर्नेमा जोड दिनुभएको थियो ।।

प्रकाशित मिति : २०७३ चैत्र ३० गते बुधवार
प्रतिक्रिया